arrow

इजरायल र जापान पठाइदिन्छु भन्दै १८ लाख ठग्ने दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
pakrau9.jpg

काठमाडौँ । वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका-१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका-१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन् । 

पक्राउ परेकामध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै एक पीडितबाट रु १२ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै अर्का एक पीडितबाट रु ६ लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठामाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुसनलाई काठमाडौँ महानगरपालिका-९ बाट आइतबार र योगेन्द्रलाई काठमाडौँ महानगरपालिका-१० बाट सोमबार पक्राउ गरेको हो ।

दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ