प्राइड पार्क । ड्यारेन बेन्टले खेलको आठ मिनेटमै आत्मघाती गोल गरेपछि पछाडि परेको डर्बी काउन्टीले लेस्टर सिटीसंग एफए कप फुटबलमा २–२ को बराबरी खेलेको छ । बेन्टको यो आत्मघाती गोल भने लामो समयसम्म रहिरहने इङलिश फुटबलमा चर्चा चुलिएको छ । तर तिनै बेन्टले घरेलु मैदान प्राइड पार्कमा भएको खेलमा २१ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । ४० औं मिनेटमा क्रिग ब्राइसनले गोल गर्दै डर्बीलाई २–१ को स्थितिमा ल्याए । ८७ औं मिनेटमा वेस मोर्गानले गोल गर्दै लेस्टरलाई बराबरी गराए ।
एफए कपको यो चौथो चरणको खेलमा बराबरी भएपछि अब रिप्ले आगामी फेबु्रअरी ८ तारिखमा किंग पावर मैदानमा हुनेछ ।