पर्साका प्रजिअ सुवेदीद्वारा हैजा नियन्त्रणका लागि सामूहिक प्रयासको आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
510
Shares
वीरगञ्ज (पर्सा)। पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्ज र यसका आसपासका क्षेत्रमा फैलिएको हैजाको सङ्क्रमण नियन्त्रणबाहिर नरहेको बताएका छन्। उनले हैजा नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए।
पत्रकारहरूसँगको भेटघाटमा प्रजिअ सुवेदीले हैजाको रोकथाम र नियन्त्रणका लागि प्रशासन निकै संवेदनशील भएर काम गरिरहेको बताए। उनका अनुसार, हाल हैजाका बिरामीहरूको उपचार र जनचेतनामूलक दुवै प्रकारका गतिविधिहरू सञ्चालन भइरहेका छन्।
उनले हैजाबाट सङ्क्रमित बिरामीहरू अस्पतालबाट निको भएर घर फर्कने क्रम बढिरहेको जानकारी दिँदै सबै सरोकारवालाहरूलाई हैजा नियन्त्रणका लागि एकजुट हुन आह्वान गरेका छन्।