arrow

नक्कली विवरण राखी एमआरपी बनाउने गिरोहका सदस्य पक्राउ

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
passport.jpg.jpeg
काठमाडौँ । झुट्टा विवरण पेस गरी मेसिनले पढ्ने राहदानी (एमआरपी)लगायतका कागजात बनाई विभिन्न व्यक्तिसँग मोटो रकम असुल्ने गिरोहका सदस्य राम, रमेश भन्ने रत्नप्रसाद पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पराजुलीलाई सिनामङ्गलबाट पक्राउ गरी अनुसन्धानका क्रममा काठमाडौँ  जिल्ला अदालतबाट राहदानी ऐनअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
अमेरिका जानको लागि झुट्टा विवरण भएको एमआरपी नेपालस्थित अमेरिकी दूतावासमा पेस गर्ने क्रममा गत साउन ४ गते पक्राउ परेका उत्तम गुरुङलाई सो राहदानी बनाउन पराजुलीले सहयोग गरेको ब्युरोले जनाएको छ । गुरुङसँग मोटो रकम लिई पराजुलीले काल्साङ छिरिङको नाममा गुरुङको झुट्टा विवरणको आधारमा नेपाली नागरिकता प्रमाणपत्र तथा राहदानी बनाएको अनुसन्धानबाट खुल्न आएको ब्युरोले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ