जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक भदौ अन्तिमदेखि शुरु हुने
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
697
Shares
काठमाडौँ। जनमत पार्टीले आगामी भदौ ३० देखि असोज ५ गतेसम्म राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद् सिंह यादवले आज एक सूचना जारी गर्दै यो जानकारी दिएका हुन्।
प्रवक्ता यादवका अनुसार, बैठक तथा प्रशिक्षण कार्यक्रम बाँकेबाट सुरु हुनेछ र त्यसपछि बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा आयोजना गरिनेछ।
उक्त कार्यक्रममा राष्ट्रिय परिषद् अध्यक्ष तथा सङ्गठन विभाग प्रमुख डा. जयकान्त राउत, परिषद् सदस्यहरू, प्रदेश सदस्यहरू, जिल्ला इञ्चार्जहरू, पालिका र वडाका अध्यक्ष तथा सचिवहरूको उपस्थिति रहनेछ। सहभागीहरूलाई अनिवार्य रूपमा तीन पटक बैठक बसेको विवरणको फोटोकपीसहित उपस्थित हुन अनुरोध गरिएको छ।