arrow

नेपाली काँग्रेस सरकार ढाल्ने पक्षमा छैन : नेता निधि

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
nidhi.jpg.jpeg
पथरी (मोरङ) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले काँग्रेस सरकार ढाल्ने खेलमा संलग्न नरहेको स्पस्ट पार्नुभएको छ ।
 
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूहरू मधेसको समस्या समाधान गर्न प्रयासरत रहेकाले तत्काल सरकारको विकल्प नखोज्ने बताउनुभयो । 
 
उहाँले संयुक्त मधेसी मोर्चासँग निरन्तर वार्ता भइरहेको बताउँदै वार्ता सकारात्मक भएकाले छिट्टै तराईको समस्या समाधान हुने दाबी पनि गर्नुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ