arrow

नवलपरासीमा जापानिज इन्सेफ्लाइटिसबाट तीनको मृत्यु, नौलाई डेंगी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
japanese-encephalitis-ai-82.jpg
तस्बिर – एआई ।

नवलपरासी । जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीमा तीन जनाको मृत्यु नौ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ ।

उपचारका क्रममा बर्दघाट नगरपालिका– १२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका–१ का ६२ वर्षीय पुरुष र प्रतपापुर गाउँपालिका–१ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माले जानकारी दिए । 

उनका अनुसार विगत डेढ महिनाका अवधिमा उनीहरुको मृत्यु भएको हो । सङ्क्रमण विरुद्धको खोप नलगाएका तीन जना वृद्धको जापानिज इन्सेफ्लाइटिस्बाट मृत्यु भएको हो । लामखुट्टेको टोकाइबाट जिल्लामा नौ जनामा डेंगी रोग सङ्क्रमण पुष्टि भइसकेको छ । सरसफाइ नहुँदा तीव्र गतिमा सङ्क्रमण फैलिने गरेको छ ।

जापानिज इन्सेफ्लाइटिस र डेंगीको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहदेखि नै लामखुट्टे नियन्त्रण तथा डेंगीको रोकथामका लागि जनचेतना फैलाउने काम भइरहेको छ ।

जापानिज इन्सेफलाइटिस् तथा डेंगी रोग लागेका हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता सङ्क्रमित जनावरलाई लामखुट्टेले टोकेर मानिसलाई टोकेमा सर्ने गर्दछ । 

एडिस एजिप्टी प्रजातिको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट स्वस्थ मानिसमा सङ्क्रमण फैलिन्छ निमित्त प्रमुख शर्माले भन्नुभयो । 

डाक्टर नुरुलहोदाले डेङ्गीका सामान्य लक्षण उच्च ज्वरो, टाउको दुखाइ, आँखा भन्दा पछाडि दुख्ने, स्नायु र मांसपेशी दुख्ने खाना नखाने जस्ता लक्षण देखिन्छ । समयमा उपचार नपाएपछि सङ्क्रमितको मृत्यु हुनसक्छ ।

जापानिज सङ्क्रमण इन्सेफलाइटिस् व्यक्तिको मस्तिष्कमा हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो रोग लागेपछि मस्तिष्क सुन्निने, पक्षाघात हुने, रिंगटा लाग्ने बेहोश हुने, मृत्युसमेत हुनसक्छ डाक्टर होदाले भने । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ