arrow

निर्वाचन घोषणा नगरे सरकारमा बस्नुको औचित्य छैनः नेता खनाल

logo
प्रकाशित २०७३ माघ १६ आइतबार
jhalanath-khanel.jpeg
इलाम । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले निर्वाचन मिति घोषणा गर्न नसके नेकपा (माओवादी केन्द्र) सरकारमा बसिरहनुको कुनै औचित्य नरहेको बताएका छन् । 
 
संविधान कार्यन्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा आइतबार इलामको समालबुङ गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता खनालले ‘आगामी २०७४ माघ ७ गतेसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ, यदि त्यसका लागि अहिलेनै निर्वाचन मिति घोषणा हुँदैन भने प्रचण्ड सरकारमा बस्नुको कुनै अर्थ छैन,’ उनले भने। नेपाली काँग्रेस र माओवादी केन्द्र डराएका कारण निर्वाचन मिति घोषणा गर्न नसकेको आरोप समेत उनले लगाए  । 
 
अङ्गीकृतलाई प्रमुख पद दिने र हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन विदेशीको इशारामा संविधान संशोधनको कुरा आएको बताउँदै उहाँले विदेशीलाई खुसी पार्ने संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा पास हुन नदिने बताए । 
 
निर्वाचन मिति घोषणा नगरे सो घोषणा गर्न एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने बताउँदै उहाँले राष्ट्रलाई कमजोर बनाउने कुनैपनि काम नगर्न सरकारलाई आग्रह गरे। 
 
अबको निर्वाचनबाट एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै आफ्नो पार्टीले गाउँ–गाउँमा अभियान सञ्चालन जारी राखेको उनको भनाइ थियो । सोही अवसरमा माओवादी, काँग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी आएका सयजनाभन्दा बढीलाई उनले स्वागत गरे। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ