arrow

मापसेको दुर्गुण, अत्यधिक मापसे गरी साथीको हत्या

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
mapase.jpeg
पाँचथर । अत्याधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । मृत्यु हुनेमा मेमेङ–५ का १९ वर्षीय अजय राई रहेका छन् । 
 
आइतबार बेलुका प्राङबुङ–८ मा रहेको स्थानीय हाट बजार भर्न आएका उनीहरु अत्याधिक मादक पदार्थ सेवन गरेपछि दुवैबीच झगडा हुँदा उनका साथी सुरेन मगरले अजयको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
 
सो झगडामा गम्भीर घाइते भएका मगरको प्रहरीको निगरानीमा जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी सहायक निरीक्षक विष्णु खड्काले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ