arrow

दुर्जकुमार राईले दिए हेडक्वाटरवाट भिडियो मार्फत निर्देशन

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
Durga-Kumar-Raifinal.jpg.jpeg
काठमाडौँ । कायममुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले राष्ट्र, सङ्गठन र जनताको हितलाई ध्यानमा राख्दै व्यावसायिक जिम्मेवारी निर्वाहमा कटिबद्ध रहन सशस्त्र प्रहरी बलका सम्पूर्ण राष्ट्रसेवकलाई निर्देशन दिनुभएको छ । देशभरका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट आज सशस्त्र प्रहरी सञ्चार तथा ‘लाइभ भिडियो स्ट्रिमिङ’बाट श्रव्यदृश्यसहित प्रत्यक्ष निर्देशन सम्बोधन गर्नुहुँदै महानिरीक्षक राईले पेसागत दायित्व निर्वाहमा इमान्दारितापूर्वक कटिबद्ध रहनुपर्ने बताउनुभयो । 
 
महानिरीक्षक राईले भन्नुभयो–“म प्रण गर्छु, मैले जानेबुझेसम्म र बुद्धिविवेकले भ्याएसम्मको उत्कृष्ट कार्य गर्दै सङ्गठनलाई अझै उचाइमा पुर्‍याउन मेरो नेतृत्वकाल सक्रिय र समर्पित रहनेछ ।” महानिरीक्षक राईले सशस्त्र प्रहरी कर्मचारीले कार्यक्षेत्रमा देखाएको उच्च व्यावसायिकता र मिहिनेतका कारण सङ्गठनले उचाइ हासिल गरेको चर्चा गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो पहिचान बनाउन सङ्गठन सफल रहेको बताउनुभयो । 
 
उहाँले सङ्गठनमा लैङ्गिक हिंसा, भ्रष्टाचार तथा मानव अधिकार उल्लङ्घनको घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गरिएको चर्चा गर्दै व्यावसायिक जिम्मेवारी निर्वाहको क्षेत्रमा द्विविधारहित ढङ्गले परिचालित हुन निर्देशन दिनुभयो । जीवनको हरेक मोडमा अनुशासन अपरिहार्य रहने चर्चा गर्दै उहाँले भन्नुभयो–“अनुशासनमा रहेर राम्रो काम गर्नुहोला, यसबाट फौजी जीवन र सेवानिवृत्त जीवन पनि राम्रो हुनेछ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ