एजेन्सी । बलिउडका किंग खान शाहरुखको चलचित्र ‘रईस’ सय करोडको क्लबमा प्रवेश गरेको छ । चलचित्रको निर्देशन राहुल ढोलकियाले गरेका हुन् । चलचित्रले साताको अन्त्यसम्ममा ९३.२४ करोड भारतीय रुपैया कमाएको थियो । यद्यपि सोमबारको कलेक्सन भने सार्वजनिक गरिएको छैन ।
'रईस' ले आइतबार १७.८ करोड कमायो भने शनिवार चलचित्रले १५.६१ करोड रुपैया कमाएको थियो । चलचित्रमा शाहरुखसँगै माहिरा खान र नवाजुद्दीन सिद्दीकी मुख्य भूमिकामा रहेका छन् ।
चलचित्रले रिलजको दिन २०.१४ करोड रुपैया कमाएको थियो । त्यस्तै दोस्रो दिन २६.३० करोड रुपैया र तेस्रो दिन १३.११ करोड रुपैया कमायो ।