arrow

अस्थायी शिक्षकहरु दलको पछाडि, प्रक्रिया पूरा गरी स्थायी गराउन एमालेलाई ध्यानाकर्षण

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
uml-party-office-in-dhumbar.jpg.jpeg
काठमाडौँ । अस्थायी शिक्षक आन्दोलन, केन्द्रीय समिति, २०५५ ले नेकपा एमाले केन्द्रीय कार्यालयमा आफूहरुलाई प्रक्रिया पूरा गरी स्थायी गराउन ध्यानाकर्षण गराएको छ । 
 
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठलाई भेटी समितिका अध्यक्ष नारायणप्रसाद दाहालले मागपत्र बुझाए । 
 
समितिले स्थायी हुँदा अस्थायीको सेवावधि गणना गर्न, अवकाशप्राप्त अस्थायी शिक्षकलाई स्थायीसरहको औषधोपचार र उपदान दिन तथा स्वेच्छिक अवकाश लिन चाहनेलाई स्थायीसरहको सुविधान दिन पनि माग गर्दै आएको छ । 
 
समितिका केन्द्रीय सदस्य लक्ष्मीकुमार सत्यालले अन्य दललाई पनि सो मागपत्र बुझाइने जानकारी दिए । 
 
हाल मुलुकमा करिब २५ हजार अस्थायी सरकारी शिक्षक छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ