चालू आर्थिक वर्षको पहिलो दुई महिनामा बजेट खर्च ९.१७ प्रतिशत मात्र
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
767
Shares
काठमाडौँ। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (भदौ मसान्तसम्म) मा सरकारको कुल बजेट खर्च ९.१७ प्रतिशत मात्र भएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार, कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेटमध्ये १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ।
खर्चको अवस्था:
चालू खर्च: ९.६७% (११ खर्ब ८० अर्ब ९८ करोडमध्ये १ खर्ब १४ अर्ब १८ करोड खर्च)
पुँजीगत खर्च: १.५६% (४ खर्ब ७ अर्ब ८८ करोडमध्ये ६ अर्ब ३५ करोड खर्च)
वित्तीय व्यवस्था खर्च: १५.८९% (३ खर्ब ७५ अर्ब २४ करोडमध्ये ५९ अर्ब ६२ करोड खर्च)
भदौ मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १०.४३ प्रतिशत राजस्व सङ्कलन गरेको छ। यस वर्ष १५ खर्ब ३३ अर्ब ४४ करोड राजस्व उठाउने लक्ष्य रहेकोमा हालसम्म १ खर्ब ५९ अर्ब ९८ करोड असुली भएको छ।
कर राजस्व: ११.३५% (१३ खर्ब २५ अर्ब ५८ करोडमध्ये १ खर्ब ५० अर्ब ४० करोड असुली)
गैरकर राजस्व: ४.६२% (१ खर्ब ५४ अर्ब ४१ करोडमध्ये ७ अर्ब १३ करोड असुली)
यसै अवधिमा ५३ अर्ब ४४ करोड वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा जम्मा २.३८ प्रतिशत (१ अर्ब २७ करोड) मात्र प्राप्त भएको छ।