arrow

यु–१९ विश्वकप खेल्ने टोली घोषणा

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
CAN.jpg.jpeg
काठमाडौं । बंगलादेशमा आगामी माघ ८ गतेदेखि हुने अण्डर नाइन्टिन विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले सम्पूर्ण जिम्मा कार्यकारी अधिकृत सीइओलाई दिनएको भोली पल्टै यु–१९ टोली घोषणा भएको हो । क्यानले राजु रिजालको कप्तानीमा ४ वैकल्पिक गरी १९ सदस्यीय टोली घोषणा गरेको हो ।
 
१९ जनाको टोलीमा उपकप्तान आरिफ शेख, सन्दीप सुनार, सुनील धमला, दीपेन्द्र ऐरी, सौरभ खनाल, र पेम तामाङ्ग छनोटमा परे । यस्तै, सुशील कँडेल, दिपेश श्रेष्ठ, राजवीर सिंह, योगेन्द्र कार्की, सन्दीप लामिछाने, हिमान्सु दत्त, शंकर राना र ईशान पाण्डे अन्तिम १५ भित्र परे । 
 
कुशल भुर्तेल, इर्साद अहमद, ललितनारायण राजवंशी र नन्दन यादव वैकल्पिक खेलाडी हुन् । तीन साताअघि काठमाडौंमा भएको सुपर लिगबाट छानिएका २२ खेलाडीबाट १९ जनाको टोली छनोट भएको हो । अविनाश बोहोरा, सागर भण्डारी र अभिनाश कर्ण १९ जनाभित्र पर्न सकेनन् । आन्तरिक विवादमा फसेका क्यानले केही समय यता महत्वपूर्ण निर्णय गर्न सकेको थिएन । क्यानले सोमबार मात्रै अर्को निर्णय नभए सम्मका लागि खेल गतिविधी रोकिन नदिन र काममा बाधा पुग्न नदिन कार्यकारी भावना घिमिरेलाई सम्पूर्ण जिम्मेवारी दिएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ