arrow

बेकामे भएपछि पाँच ओटा अतिरिक्त हुलाक कार्यालय बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
hulak-sewa.jpeg

दाङ । दाङका पाँचवटा अतिरिक्त हुलाक कार्यालय बन्द भएका छन् । हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतका अनुसार तुलसीपुर-१३ को फूलबारी, तुलसीपुर-१८ बेलझुण्डी, तुलसीपुर-४ को हलवार, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाको गोल्टाकुरीमा रहेका अतिरिक्त हुलाक कार्यालय बन्द भएका हुन् ।

पछिल्लो समय अतिरिक्त हुलाकको काम शून्य प्रायः छ । यसरी सेवाग्राही नहुँदा पनि अतिरिक्त हुलाक कार्यालय बन्द हुने अवस्थामा आएको अधिकृत बस्नेतले बताए ।

“अतिरिक्त हुलाक कार्यालयको काम शून्य जस्तै छ, केही बैङ्कका चिठीबाहेक अरू चिठी आउन छोडे”, उनले भने ।

अतिरिक्त हुलाक कार्यालयका कर्मचारीको अवकाश भएपछि त्यो पद स्वतः खारेज हुने भएपछि यसरी अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका हुन् ।

कार्यालय कामविहीन भएपछि बन्द गर्न थाले पनि विरोध भएपछि कर्मचारीको अवधिभर काम गर्ने र अवकाश भएपछि त्यो पद स्वतः खारेज हुने कानुनी व्यवस्था गरिएको छ ।

अतिरिक्त हुलाक कार्यालयमा हुलाक प्रतिनिधि, वितरण, डाँक वाहकलगायतका पद थिए । उनीहरूले दैनिक कम्तीमा पनि दुई घण्टा काम गर्नुपर्ने हुन्थ्यो ।

हाल जिल्लामा २५ वटा हुलाक अतिरिक्त कार्यालय भने चलिरहेका छन्भने इलाका हुलाक कार्यालय पाँचवटा छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ