arrow

जिल्ला अस्पतालमै छैन सिटामोल, केन्द्रबाट पाँच महिनादेखि औषधि आएन

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
medicine.jpeg
ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङमा अति आवश्यक औषधिको अभाव देखिन थालेको छ । सरकारले बेलाबेलामा औषधिको अभाव हुन नदिन कर्मचारीलाई निर्देशन दिने गरे पनि केन्द्रबाट नै प्रदान हुने निःशुल्क औषधि पाँच महिना अघिदेखि नआउँदा औषधिको अभाव देखिन थालेको हो । 
 
जिल्ला अस्पताल स्रोतका अनुसार अहिले मेट्रो, सिटामोलजस्ता अति आवश्यक औषधिकै अभाव सिर्जना भएको छ । 
 
अस्पतालमै औषधि नभएपछि ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि औषधि प्रदान गर्न नसकिएको बताइएको छ । 
 
केन्द्रबाट प्राप्त हुने औषधि पाँच महिनादेखि नआएपछि जिल्लास्तरबाट नै खरिद गरिएका ३३ प्रकारका औषधि पनि सकिन लागेको जनाइएको छ । 
 
थप औषधि खरिदका लागि खरिद आदेश लिनुपर्ने भएकाले समस्या देखिएको छ । 
 
ग्रामीण क्षेत्रका कतिपय स्वास्थ्य संस्थामा औषधि नपाउँदा स्थानीय मारमा परेका छन् भने जिल्ला अस्पताल भित्रै औषधि नपाएपछि बाहिर किन्नुपर्ने बाध्यता भएको सर्वसाधारणको गुनासो छ । 
 
सरकारले जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ भने प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधि प्रदान गर्दै आएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ