arrow

कुलमानले ल्याएका विद्युत प्राधिकरणमा मनोज सिलवालले गरे पदभार ग्रहण [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
nea-manoj-silwal-82-6-7.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आज पदभार ग्रहण गरेका छन् । 

सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको हो । कुलमान घिसिङ उर्जामन्त्री भएर आएसँगै शाक्यलाई हटाएका हुन् । 

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने गरी हटाएर उनको ठाउँमा सिलवाललाई ल्इाएको हो । 

यसअघि केपी शर्मा ओली सरकारले घिसिङलाई हटाएर शाक्यलाई निर्देशक बनाएको थियो । अहिले घिसिङ नै मन्त्री बनेर आएपछि पहिलो काम शाक्यलाई नै फालेका हुन् । 

सिलवाल प्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक हुन् । 
 

nea-manoj-silwal-82-6-7 (8).jpeg
nea-manoj-silwal-82-6-7 (7).jpeg
nea-manoj-silwal-82-6-7 (6).jpeg
nea-manoj-silwal-82-6-7 (5).jpeg
nea-manoj-silwal-82-6-7 (4).jpeg
nea-manoj-silwal-82-6-7 (3).jpeg
nea-manoj-silwal-82-6-7 (2).jpeg
nea-manoj-silwal-82-6-7 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ