arrow

पाम आयलको जर्किनमा तेलको सट्टा पानी भरेर ठग्ने तीन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
jarkin-money.jpg

पोखरा । पोखरामा पाम आयलको जर्किनमा तेलको सट्टामा पानी भरेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं १० पोखरा औद्योगिक क्षेत्रस्थित हिमश्री फुड्स प्रालिमा प्रयोग हुने पाम आयलको सट्टामा पानी भरेर ल्याइएको घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं। २२ अमलेखगञ्ज निवासी ३५ वर्षीय कविराज गौतम, ४९ वर्षीय शम्भु भनिने छविनाथ गौतम र ३७ वर्षीय बुद्धिबहादुर लामा छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पाम आयलको सट्टा पानी राखिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले अनुसन्धान शुरू गरेको थियो।

उनीहरूले ना५ख ७७०८ नम्बरको ट्रक प्रयोग गरी बीच बाटोमै पाम आयल चोरी गरी बिक्री वितरण गरेको खुलेको प्रहरीले जनाएको छ।

चोरी ढाकछोप गर्नका लागि तौल मिलाउन पानी भरिएका १८ थान पहेँलो जर्किन तथा १३ हजार नगदसमेत प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका तीन जनबिरूद्द कास्की जिल्ला अदालतबाट चोरीसम्बन्धी कसूरमा १० दिनको म्याद लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ