arrow

प्रचण्डले गरे माओवादी केन्द्रको अध्यक्ष पद त्यागको घोषणा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
prachandassss.jpg

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीको अध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन्।

शुक्रबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब आफू पार्टीको अध्यक्ष नरहेको बताए। प्रचण्डले भने, "आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो। अब म अध्यक्ष रहिनँ, अब म महाधिवेशन आयोजक समितिको संयोजक मात्रै हो।"

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी थियो। अध्यक्ष पद त्यागको उनको घोषणालाई पार्टीको आगामी महाधिवेशन तयारीसँग जोडिएको मानिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ