arrow

जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा इन्डोस्कोपी सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ११ शनिबार
hospital-gp-koirala-tanahu.jpg

तनहुँ । तनहुँको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले इन्डोस्कोपी सेवा शुरू भएको छ ।

स्वास्थ्य सेवा विभागबाट प्राप्त उपकरण जडान गरी परीक्षण सफल भएपछि केही दिनयता सेवा प्रवाह भइरहेको छ ।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालका ग्याष्ट्रोलोजिष्ट डा. शंकर बराल र केन्द्रका जनरल सर्जन डा. सविनकुमार घिमिरेको समूहले बिरामीको परीक्षण गरी सेवा सञ्चालनमा शुरुआत गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. राम श्रेष्ठले जानकारी दिए ।

अब नियमित रूपमा उक्त सेवा सञ्चालन गरिने निर्देशक श्रेष्ठले जानकारी दिए ।

केन्द्रमा अन्य सेवा थप गर्दै लैजाने रणनीतिअनुसार गत भदौ १० देखि विद्युतीय चिकित्सा प्रणालीसमेत शुरू भइसकेको उनले बताए ।

विश्व स्वास्थ्य सङ्गठनको आर्थिक सहयोगमा अस्पतालमा विद्युतीय प्रणाली शुरू भएपछि टिकट, बिलिङ, रिपोर्ट, औषधिलगायत विवरण अनलाइन प्रणालीमार्फत् जानकारी लिन सहज भइरहेको छ ।

अब बिरामीको विगतदेखि वर्तमानसम्मका सबै विवरण सजिलै हेर्न सकिने निर्देशक श्रेष्ठले जानकारी दिए ।

एक्सरे रिपोर्ट प्रिन्ट गर्नुपर्दैन भने एक्सरे र प्रयोगशालाको रिपोर्ट सिधै चिकित्सकले हेर्न पाउने बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ