arrow

दशैँका नौ जुवाडे रंगेहात पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
kouda-tash-juwa.jpg

काठमाडौँ । बडादशैँको बेला जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति मनहरि गाउँपालिका वडा नं ८ सिमपानी बस्ने ४० वर्षीय सुदर्शन उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुदर्शनसमेत नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख एक हजार दुई सय ५० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ