arrow

खुकुरी प्रहारबाट शिक्षक गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
khukuri-hamrakura.jpg

सङ्खुवासभा । सङ्खुवासभामा मादकपदार्थ सेवन गरेका दुई व्यक्तिले खुकुरी प्रहार गर्दा एक शिक्षक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा सिलिचोङ गाउँपालिका वडा नं ४ माङ्तेवास्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्यापनरत राजेन्द्र राई छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार खुकुरी प्रहारबाट शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

खुकुरी प्रहार गर्ने व्यक्तिहरू राजेन्द्रकै फूपूका छोरा सुरेन्द्र राई र अमिर राई छन् ।

गम्भीर घाइते राईको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि शुक्रबार बिहान विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रहरी निरीक्षक लामिछानेले बताए ।

घटनालगत्तै प्रहरी चौकी माङ्तेवाबाट प्रहरी सहायक निरीक्षक क्रान्तिराज पौडेलको कमाण्डमा घटनास्थल पुगेको टाेलीले खुकुरी प्रहार गर्ने सुरेन्द्र र अमिरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ