पाेखरा। पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय देव श्रेष्ठसहित चार जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद चार लाख ३९ हजार ७५ रूपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो ।
यता, कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ३ बोराडाँडी एकताटोल बस्ने ४६ वर्षीय भोजराज भट्टको पसलमा जुवातास खेलिरहेको अवस्थामा भोजराज समेत चार जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार छ सय ७० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमाआवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।