arrow

नयाँ शक्ति दुई टुक्रा, निर्वाचन कार्यालयमा एउटै नामका दुई पार्टी दर्ता

logo
कर्ण चन्द,
प्रकाशित २०७३ माघ २० बिहिबार
baburam-news.jpeg

डोटी । नयाँ शक्तिको जिल्ला कार्यसमितिमा विवाद भएको छ । जिल्लाको आधिकारिक संयोजक को भन्नेमै विवाद भएको हो । मोहन बम र शिव सिंह ओली दुबैले संयोजकमा दावी गरेपछि विवाद बाहिर आएको हो ।

नयाँ शक्तिको केन्द्रबाटै कुन समिति आधिकारीक हो भन्ने प्रस्ट नपार्दा जिल्ला तहमा विवाद उत्कर्समा पुगेको हो । जिल्ला निर्वाचन कार्यालय डोटीमा नयाँ शक्तिको आधिकारिक समिति दावी गर्दै दुवै समूहले पार्टी दर्ता गरएका छन् ।

एक पटक दर्ता भैसकेकामा फेरि नयाँ शक्ति पार्टीकै नाममा पार्टी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । दुबैलाई नयाँ शक्ति पार्टी डोटी भन्दै दर्ता गरिएको सहायक निर्वाचन अधिकृत दलबहादुर मलासीले बताए ।

नयाँ कार्य समितिको अद्यावधिक गर्ने योजना अन्तर्गत जिल्ला निर्वाचन कार्यालयमा पार्टी दर्ता गराएको संयोजक शिव सिंह ओलीले बताए । पार्टीको केन्द्रीय तथा क्षेत्रीय निर्देशन अनुसार आफुले पार्टी दर्ता गरेको ओलीको जिकिर छ । जिल्ला सम्मेलनबाट आधिकारिक रुपमै संयोजक भएकाले आफुहरु नै आधिकारिक भएको ओलीको तर्क छ ।

जिल्ला निर्वाचन कार्यालयमा पुस २९ गते मोहन बम संयोजक भनेर पत्राचार गरिएको छ भने, माघ १७ गते शिव सिंह ओली नेतृत्वको समूह आधिकारिक भएको भन्दै निर्वाचन कार्यालय डोटीमा दर्ता भएको छ ।

आफुहरु पार्टीको संस्थापन पक्ष भएकाले आधिकारिक पक्ष भएको संयोजक मोहन बमले जिकिर गरेका छन् । समानान्तर कमिटी गठन गर्दै हिन्नेहरुले नै आधिकारिकताको प्रमाण ल्याउन आवश्यक रहेको बमको तर्क  छ । नयाँ शक्तिको केन्द्रीय कार्यालयबाट आधिकारिक भएको प्रमाण ल्याउन बमले चुनौती दिएका छन् ।

निर्वाचन आयोगको कार्यालयमा दर्ता भएका एक सय ११ दलहरु मध्ये जिल्लामा सक्रीय हुने राजनीतिक दलहरु जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन पर्ने व्यवस्था अनुसार दल दर्ता भएका छन् । डोटीमा नयाँ शक्ति पार्टी दुई भएको भन्ने दावी आएकाले विवाद भएको भन्दै केन्द्रमै जानकारी पठाएको सहायक निर्वाचन अधिकृत मलासीले बताए ।

मोहन बम नेतृत्वको समितिले आफुहरु आधिकारिक भएको भन्दै सबै सरकारी कार्यालय, गैर सरकारी संस्था, तथा विभिन्न पार्टीहरुलाई पत्राचार गरेको छ । पहिले एमालेबाट सांसद भइसकेका बम पछिल्लो संविधानसभा निर्वाचन अघि मात्रै माओवादी प्रवेश गरेका थिए । माओवादीबाट चुनाव लडेका मब बाबुरामले पार्टी छोडेपछि नयाँशक्तिमा लागेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ