arrow

धान नाँच्दा सिन्दुर हालेपछि...

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
Pachthar.jpeg.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । धान नाँच्ने क्रममा जवरजस्ती सिन्दुर हाली दिएको अभियोगमा पाँचथर प्रहरीमा एक युवतीले उजुरी दिएकी छन् ।

एक साता अघि जिल्लाकै फाक्तेप–७ मा आफन्तकोमा पाहुना जाँदा धान नाँचिररहेको अवस्थामा इच्छा विपरित सिन्दुर हालेको भन्दै पाँचथर चोकमागूकी ती युवतीले तीनजना विरुद्ध केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ ।

युवतीले फाक्तेपका २२ वर्षिय भगेन्द्र चेम्जोङले इच्छा विपरित आफन्तका वीचमा सिन्दुर लगाएर घर भित्र्याउन खोजको भन्दै उजुरी दिएकी थिइन । सिन्दुर लगाएपछि आफू भागेकीले शारीरिक सम्बन्ध भने नभएको पीडित युवतीको भनाई छ । प्रहरीले दिएको जानकारी अनुसार जिल्ला अदालत पाँचथरमा सिन्दुर लगाउने चेम्जोङ, युवतीलाई पाहुना लिएर जाने चोकमागुकै चेम्जोङका भिनाजु भचिन्द्र तुम्वापो र दिदी चन्द्रमाया तुम्वापोविरुद्ध जिल्ला अदालमा मुद्धा दर्ता गराएको पाँचथरका प्रहरी प्रमुख डिएसपि कृष्णप्रसाद कोईरालाले बताए । 

भर्खर विदेशवाट आएका युवकले दिदी भेनासँग कुरा मिलाएर युवतीलाई सिन्दुर लगाएको हुन सक्ने प्रहरीको अनुमान छ । युवतीले जाहेरी गरेपछि युवकलाई प्रहरीले झिकाउन खोजेपनि उनी भागेका छन । तर प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको कोइरालाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ