-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मुगु । मुगुमा खत्याड खोलाले बगाउँदा शुक्रबार एक युवतीको ज्यान गएको छ।
मृत्यु हुनेमा डाडियामकी २२ वर्षीया बिष्णु रावल छन्।
प्रहरीका अनुसार खत्याड गाउँपालिका वडा नं ११ स्थित खोला तर्ने क्रममा चिप्लिएर खोलामा खसेकी उनको मृत्यु भएको हो।
रावललाई खोलाले बगाएर एक किलोमिटर भन्दा तल पुर्याएको थियो।
प्रहरी र स्थानीयवासीको सहयोगमा उनको शव फेला पारिएको हो।