arrow

जाडो छल्न सेनाको आगो र चिया

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
mahottari-1.jpg.jpeg
गौशाला । बिहानको कठ्याँङ्ग्रिदो जाडो छल्नका लागि महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाले बुधबार बिहान आगो र चियाको व्यवस्था गरेको छ । 

बढ्दै गएको जाडोका कारण स्थानीय बासिन्दा तथा सडकमा रात बिताउनेका लागि जलेश्वरस्थित नेपाली सेनाका फस्ट रैफल गणले जलेश्वरको मटिहानीचौक, दुर्गाचौक र शङ्करचौकमा दाउरा बालेका छन् । 

त्यस्तै तीनवटै स्थानमा नेपाली सेनाले निःशुल्क चियाको व्यवस्था पनि गरेको सो गणका गणपति पवन खत्रीले बताए । केही दिनदेखि जिल्लामा बाक्लो हुस्सु, शीतलहर र चिसो हावाले जाडो बढेकाले नेपाली सेनाले स्थानीयवासीलाई लक्षित गर्दै जलेश्वरको तीन स्थानमा दाउरा बाल्नुका साथै चियाको व्यवस्था गरिदिएको हो । 

नेपाली सेनाले गरेको दाउरा र चियाको व्यवस्थाबाट सयौँ व्यक्ति लाभान्वित भएका छन् भने सेनाको यस कार्यलाई निरन्तरता दिन स्थानीयवासीले माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ