arrow

‘प्रजातान्त्रिक समाजवादलाई चरितार्थ गर्न संविधानले बाटो खुलायो’

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
ramchandra_paudel.jpg.jpeg
इश्वर दत्त बडू, कञ्चनपुर । नेपाली काँग्रेसका उप–सभापति रामचन्द्र पौडेलले प्रजातान्त्रिक समाजवादलाई चरितार्थ गर्न नयाँ संविधानले बाटो खुलाएको बताएका छन् । बुधबार नेपाल प्रेस यूनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । मधेशी मोर्चासंग सकारात्मक भईरहेको नेता पौडेलले बताए ।

आन्दोलनरत मधेशवादी नेताहरुलाई नेता पौडेलले संविधानका असन्तृष्टिलाई वार्ताबाटै समाधान गर्नुपर्नेमा जोड दिए । संविधान नबुझेरै आन्दोलन गर्नुको कुनै तुक नरहेको उनको भनाई छ । राष्ट्रको हितका लागि काँग्रेस जे त्याग गर्न पनि तयार भएको भन्दै फेरी पनि मधेशवादीहरुसंग वार्ता गर्न तयार भएको पौडेलले बताए ।

संविधान परिर्वतनको पक्षमा रहेको भन्दै उनले संविधानले सबैको भलो गर्ने समेत बताए । सरकारले कालोबजारी गरेको भन्दै नेता पौडेलले नागरिकहरुलाई सरकारले सेवा सुविधा दिन नसकेको उनको भनाई छ । पार्टीको १३ औँ महाधिवेशनबाट आफु पनि सभापतिको उमेद्बार बन्ने उनले दाबी गरे । पार्टीमा युवाहरुको नेतृत्व आवश्यक रहेको भन्दै आफुले उमेद्बारी दिने उनले उद्घोष गरे । नेता पौडेल नयाँ संविधान बारे नागरिकलाई जानकारी गराउने उदेश्यले धनगढीमा हुन लागेको जिल्ला सभापति र क्षेत्रिय सभापतिको भेलालाई सम्बोधन गर्न धनगढी तर्फ प्रस्थान गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ