arrow

अमेरिका 'निष्पक्ष' वार्ताका लागि तयार भए इरान पनि तयार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
abbas-araghachi-iran.jpg
विदेशमन्त्री सैयद अब्बास अराघची

काठमाडौँ। इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले वासिङ्टनले इरानको हितको रक्षा गर्ने कुनै योजना प्रस्तुत गरेमा तेहरान 'निष्पक्ष र सन्तुलित' वार्ताका लागि तयार रहेको बताएका छन्।

इरानको राज्य सञ्चालित आइआरआइबी टिभीसँगको अन्तर्वार्तामा उनले आणविक मुद्दामा अमेरिकासँग वार्ता पुनः सुरु गर्ने र प्रतिबन्धहरू हटाउने विषयमा इरानको अडान स्पष्ट पारे। "यदि तिनीहरू साझा हितहरूको रक्षा गर्न समान स्तरमा वार्ता गर्न तयार छन् भने पारस्परिक सम्मानको आधारमा 'निष्पक्ष र सन्तुलित' वार्ताका लागि तयार रहनुहोस्, हामी पनि यस्तो वार्ताका लागि तयार हुनेछौँ," विदेशमन्त्री अराघचीले भने।

उनले इरानको परमाणु मुद्दा पश्चिमाहरूसँग वार्ताको एक मात्र विषय भएको बताए पनि यसबारे इरानको अडान पूर्ववत् रहने स्पष्ट पारे। इरानले आफ्नो भूमिमा युरेनियम प्रशोधन गर्ने अधिकार नछोड्ने र संवर्धित युरेनियम शान्तिपूर्ण उद्देश्यका लागि मात्र प्रयोग गरिने बताएका छन्।

सन् २०१५ मा अमेरिकासहितका शक्ति राष्ट्रसँग इरानले गरेको संयुक्त बृहत् कार्य योजना (जेसिपिओए) आणविक सम्झौताबाट संयुक्त राज्य अमेरिका सन् २०१८ मा बाहिरिएको र प्रतिबन्धहरू पुनःस्थापित गरेपछि तेहरानले पनि आफ्ना केही प्रतिबद्धताहरू फिर्ता लिन बाध्य बनेको दाबी गर्दै आएको छ। यद्यपि, उनले हाल युरोपेली देशहरू (फ्रान्स, बेलायत र जर्मनी) सँग वार्ताका लागि कुनै आधार नभएको स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ