arrow

बाढीबाट जमेको पानीमा डुबेर तीन किशोरीको मृत्यु, चारको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
balika-death.jpg

रौतहट । रौतहटको गौरमा बाढीबाट जमेको पानीमा डुबेर घाँस लिन गएका तीन किशोरीको मृत्यु भएको छ । गौर नगरपालिका वडा नं १ स्थित सीमा क्षेत्र नजिक बाढीको पानीमा उनीहरू डुबेका हुन् ।

प्रहरीका अनुसार सात जनाको समूहमा घाँस लिन गौर आउँदै गर्दा उनीहरू बाढीको पानीमा डुबेका थिए । डुबेकामध्ये चार जनालाई स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको हो । 

मृत्यु हुनेमा राजदेवी नगरपालिका वडा नं ८ की १३ वर्षीया आस्थाकुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको छन् । 

मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार महतोले बताए । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी उनीहरूको खोजी गरेको थियो । 

उनीहरूको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ