बर्दिया । अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला धान काटन किसानहरुलाई भ्याइनभ्याइ छ।
पानी पर्न छाडेपछि किसाहरू धान काट्न व्यस्त छन् । बर्दियाको कूल खेतीयोग्य ७५ हजार हेक्टर जमीनमध्ये ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये २० प्रतिशत योगदान बर्दियाको हुने गरेको छ ।
राजापुर नगरपालिकालाई सरकारले धान सुपरजोन घोषणा गरेको छ ।
विगतका वर्षहरुमा धान खेतीमा मात्र निर्भर हुने गरेका बर्दियाका कृषकहरु पछिल्लो समय भने उखु, मकै जस्ता बालीमा आर्कषित हुन थालेका छन ।