विश्वासको मत सामना नगरी मुख्यमन्त्री सिंहले रोष्टमबाटै गरे राजीनामा घोषणा
सीके राउतलाई दिए चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
708
Shares
जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मार्ग प्रशस्त गर्न भन्दै मंगलबार प्रदेश सभाको रोष्टमबाटै आफ्नो राजीनामाको घोषणा गरेका छन्। विश्वासको मत लिनुपर्ने समयसीमाको अन्तिम दिन उनले विश्वासको मत सामना नगरी राजीनामा घोषणा गरेका हुन्।
मुख्यमन्त्री सिंहले आफ्नो अन्तिम वक्तव्यको अन्तिममा राजीनामाको घोषणा गरेपछि सभामुख रामचन्द्र मण्डलले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको घोषणा गरे।
मुख्यमन्त्री सिंहले राजीनामा मात्र दिएनन् रोष्टमबाटै आफ्नो पार्टी जनमत र अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके राउत) लाई सांकेतिक रूपमा विभिन्न आरोप लगाए र चेतावनी दिए।
उनले आफू मुख्यमन्त्री बनेकै दिनदेखि जनमत पार्टीका संसदीय दलका नेता महेश यादव काँग्रेससँग मिलेर षड्यन्त्र शुरु गरेको आरोप लगाए। सिंहले लोकतन्त्रमा जनता भगवान हुनुपर्नेमा अध्यक्ष डा. राउतले कार्यकर्ताबाट आफैँलाई भगवान भन्न लगाएको भन्दै आलोचना गरे।
डा. राउतसँगै सोही क्षेत्रमा प्रदेश सांसदमा लडेर जितेका मुख्यमन्त्री सिंहले आफ्नो अभिव्यक्तिमार्फत डा. राउतको आगामी चुनावी प्रतिष्पर्धी र चुनौती बन्नसक्ने संकेत गरे।