arrow

नयाँ मुख्यमन्त्रीका लागि बुधबार ४ बजेभित्र दाबी पेस गर्न आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
sumitra-subedi-bhandari-mad.jpg
फाइल तस्बिर

जनकपुर । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका दाबी पेस गर्न आह्वान गरेकी छिन् । प्रदेश प्रमुखको कार्यालयले मंगलबार विज्ञप्ति जारी गरी बुधबार अपरान्ह ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको जनाएको हो । 

प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सतिशकुमार सिंहले दिएको राजीनामा स्वीकृत भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरिएको छ ।  

विज्ञप्तिमा भनिएको छ,“नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार माननीय मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई असोज २९ गते बुधबार दिनको ४ः०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको ब्यहोरा जानकारीका लागि अनुरोध छ ।”

यसअघि मुख्यमन्त्री सिंहले विश्वासको मत लिन नसक्ने भएपछि प्रदेश सभा बैठकमा राजीनामा दिने घोषणा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ