मधेसमा राजनीतिक हलचल : कामचलाउ मुख्यमन्त्री सिंह जनमत छाडेर 'जनस्वराज' मा, कार्यालयमा झडप
जनमत पार्टीबाट औपचारिक रूपमा अलग भई नयाँ दल जनस्वराज पार्टीमा सनाखत
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
1k
Shares
जनकपुर । मधेस प्रदेशका कामचलाउ मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीबाट औपचारिक रूपमा अलग भई नयाँ दल जनस्वराज पार्टीमा सनाखत गरेका छन्। मधेसमा नयाँ सरकार गठनको प्रक्रिया चलिरहेका बेला सिंहको यो कदमले प्रदेशको राजनीतिमा ठूलो हलचल ल्याएको छ।
आज (बुधबार) मुख्यमन्त्री सिंह सनाखतका लागि मधेस प्रदेश निर्वाचन कार्यालयमा पुग्दा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) पक्षका कार्यकर्ताहरूले विरोध जनाउँदै उनको सनाखत रोक्ने प्रयास गरे।
राउत पक्षका कार्यकर्ताहरू झाडु र लट्ठी लिएर विरोध प्रदर्शनमा उत्रिएपछि कार्यालय परिसरमा केही समय तनावपूर्ण झडप समेत भएको थियो।
मुख्यमन्त्री सिंहसँगै जनमत पार्टीका सांसद तथा पूर्वमन्त्री त्रिभूवन साहले पनि जनस्वराज पार्टीमा सनाखत गरेका छन्।