arrow

मधेसमा कांग्रेसलाई एमाले र जनमतको समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
krishna-pd-yadhav.jpg

काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ । यस क्रममा नेपाली कांग्रेसले एमाले र जनमत पार्टीको समर्थनसहित सरकार गठनको दाबी प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गरिएको हो ।

यसअघि बिहान लोसपा नेता जीतेन्द्र सोनलले जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा (एस) को समर्थनसहित मुख्यमन्त्री बन्ने दाबी पेस गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ