arrow

हमासले शव फिर्ता गर्न ढिलाइ गरेसँगै आपतकालीन सहायता आधा कटौती गर्ने इजरायलको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
gaja-israel-usa.jpg

काठमाडौँ । इजरायलले गाजाबाट थप चार मृत बन्धकका शव प्राप्त गरेको छ । यसपछि हमासले शव फिर्ता गर्न ढिलाइ गरिरहेको भन्दै, इजरायली सैन्य निकायले गाजामा आपतकालीन सहायता आधा कटौती गर्ने निर्णय गरेको छ ।

शवहरू राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रमा लैजाने तयारी भैरहेको छ, जहाँ तिनीहरूको पहिचान गरी परिवारलाई जानकारी गराइनेछ ।

यो घटनाक्रम हामास र इजरायलबीच कायम भएको शान्ति सम्झौताका लागि ठूलो चुनौती बनेको छ ।

सम्झौता अनुसार, बन्धकलाई ७२ घण्टाभित्र मुक्त गर्नुपर्ने थियो, तर अहिलेसम्म मृतकका शवहरू निकै कम मात्र फिर्ता भएकोले बन्धकका परिवारमा निराशा व्याप्त छ ।

हमासले गाजामा भएका विनाशका कारण शव खोज्न कठिनाइ भएको बताएको छ ।

यसैबीच, युएन र अमेरिकी अधिकारीलाई पनि गाजामा सहायता कटौतीको विषयमा जानकारी दिइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धक फिर्ता र शव हस्तान्तरण प्रक्रियालाई तीव्र बनाउन दबाब दिइरहेका छन् ।

गाजा युद्धमा अहिलेसम्म ६७ हजार ६०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् , जसमा धेरै महिला र बालबालिका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ