arrow

मधेस प्रदेशमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
madhesh-mantri-oath.jpg

महेन्द्रनगर (धनुषा)। मधेस प्रदेश सरकारका नव नियुक्त दुई मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रमुख सचेतक कनिष पटेलले विना विभागीय मन्त्रीका रूपमा पद तथा गोपनीयताको सपथ लिएका हुन्।

बुधबार पाँच दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोनलको नेतृत्वमा नयाँ सरकार गठन भएको हो। यो सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँगै जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहभागी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ