- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पाको स्वीकृत कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिक परियोजनाको अभिमुखिकरण गोष्ठी सकिएको छ । कृषिलाई सम्मानजनक नाफामुखि व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय रोल्पाबाट संचालित कार्यक्रमबारे सरोकारवालाई जानकारी गराउन कार्यक्रम आयोजना गरिएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिक परियोजनाको जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठीको प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले गमलामा पानी हालेर उद्घाटन गरे । गोष्ठीमा वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराए ।
उनका अनुसार कार्यक्रममार्फत प्रमुख कृषि उपजहरुको विशिष्टिकृत क्षेत्रहरु निर्माण गर्ने, निर्यात योग्य कृषि वस्तुहरुको मूल्य अभिवृद्धि गर्दै प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने तथा बहुसरोकारवाला निकायबीच कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने उद्देश्यले जिल्लामा कार्यक्रम संचालन भएको हो ।
बढ्दो आयात र घट्दो निर्यातले चुलिदै गएको व्यापार घाटाले कृषिमा आश्रित नेपालको समग्र अर्थतन्त्र नै धरासायी बन्दै गएको र देशमा युवा शक्तिको बढ्दै गएकाले श्रम शक्तिको अभाव र खेती योग्य कृषि भूमि बाँझो रहने क्रम बढिरहेको हुँदा कार्यक्रम संचालन गरिएको हो, श्रेष्ठले भने ।
कार्यक्रममार्फत कृषिमा आधारित अर्थतन्त्रबाट कृषि जन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने साेंच रहेको श्रेष्ठको भनाई छ ।