arrow

विद्यार्थीद्वारा भूकम्प पीडितलाई सहयोग

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
3.jpg.jpeg
काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिश कलेजका विद्यार्थीहरुले काभ्रे जिल्लाको रयालेका स्थानीय बृद्धबृद्धाहरुलाई ६५ थान कम्बल, लत्ता कपडा र औषधी बितरण गरेका छन् । ‘ब्ल्याङ्केट फर ह्यूम्यानिटी’ अभियानअन्तरगत ब्रिटिश कलेजका बिद्यार्थीहरुले सोमबार अत्यावश्यक सामाग्री बितरण गरेका हुन् ।

उनीहरुले काठमाडौं, भक्तपुर र पाटनका विभिन्न ठाउँबाट संकलन गरेको रकमबाट उक्त अभियान प्रारम्भ गरेका हुन् । आर्थिक संकलनका लागि उनीहरुलाई ‘एसपिआई रिक्रिएशन’ टिमले समेत सहयोग गरेको थियो । ब्रिटिश कलेजका अपरेशन डाइरेक्टर विमल पाठक, मार्केटिङ म्यानेजर सुमन श्रेष्ठ, भरत सापकोटालगायतको उपस्थितिमा कलेजका १५ विद्यार्थीहरुले रयालेका भूकम्प पीडित बृद्धबृद्धालाई सहयोग गरेका हुन् ।

स्थानीय बालचन्द्र माध्यमिक विद्यालय रयालेको प्रांगणमा सोमबार भव्य कार्यक्रमका बीच उनीहरुले मानवीय सहायता वितरण गरेका हुन् । सहयोग बितरणको क्रममा बोल्दै ब्रिटिश कलेजका अपरेशन डाइरेक्टर विमल पाठकले यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम सम्पन्न गर्नका लागि स्थानीय बालचन्द्र माध्यमिक विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक तुलसी श्रेष्ठले सहयोग गरेका थिए । उनले विद्यार्थीहरुले सुरु गरेको यो अभियानले देशभरी सकारात्मक सन्देश प्रभाव गर्ने आशा व्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ