arrow

निर्वाचन नगराए सरकारको औचित्य छैन : खनाल

logo
प्रकाशित २०७३ माघ २२ शनिबार
jhalanath-khanel.jpeg
चितवन। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन नगराउने भए यो सरकारको औचित्य नहुने बताएका छन्  । 
 
प्रेस चौतारी नेपाल चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन नगराए एमालेले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताए । 
 
नेता खनालले निर्वाचन नभए मुलुक अन्यौलतातर्फ धकेलिने भएकाले सरकारले निर्वाचन गराउन आलटाल गर्न हुँदैन भने। 
 
नेकपा (एमाले) सङ्गठन सुदृढीकरणको अभियानमा जुटेको भन्दै उनले गाउँगाउँ जनपरिचालन अभियान सुरु गरेको उल्लेख गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ