arrow

नुवाकोट कांग्रेसमा खैला-बैला, रामशरण महतको निर्वाचन क्षेत्रमा लफडा (यस्तो छ केसीको विज्ञप्ती)

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
congress-flag.jpg.jpeg.jpeg
नुवाकोट । आसन्न १३ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसभित्रको क्रियाशिल सदस्यता विवादबारे केन्द्रमा चर्को बहस भइरहँदा स्थानीय तहमा समेत त्यसको असर देखिएको छ । विभिन्न जिल्लामा सदस्यता विवाद जन्मिएका बेला नुवाकोट कांग्रेसमा समेत विवाद चुलिएको छ । केन्द्रीय नेताहरुको बर्चश्व रहेको नुवाकोटमा सदस्यता विवाद चुलिएपछि जिल्ला अधिवेशनमा उल्झन देखिएको छ ।    
 
नुवाकोट कांग्रेस जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले विज्ञप्ति जारी गर्दै जिल्ला अधिवेशनको अन्तिम समयमा नुवाकोट क्षेत्र नम्बर २ बाट क्रियाशील सदस्यहरुको नामावली जिल्लामा नआएको उल्लेख जनाएका छन् ।  पार्टीको वैधानिक प्रावधान अनुसार जिल्ला कार्य समितिबाट स्थानीय कार्य समितिहरुमा फाराम पठाएकामा स्थानीय कार्य समितिबाट सिफारिस भई क्षेत्रीय कार्य समितिहरुमा पुगेका मध्ये क्षेत्र नम्बर १ र ३ बाट सम्पूर्ण विवरण जिल्ला कार्य समितिमा आएको र क्षेत्र नम्बर २ ले पटक–पटक तोकता गर्दा समेत विवरण नबुझाएको विज्ञप्तीमा उल्लेख छ । 
 
वित्रप्तीमा क्षेत्र नम्बर दुईले विवरण नपठाएकाले बाध्य भएर क्षेत्र नम्बर १ र ३ को मात्रै विवरण केन्द्रीय कार्यालयमा पठाएको प्रस्ट्याएको छ । क्षेत्र नम्बर २ केन्द्रिय सदस्य रामशरण महतको निर्वाचन लड्ने क्षेत्र हो । विज्ञप्तिमा क्षेत्र नम्बर २ बाट केन्द्रीय राजनीतिमा नेतृत्व गर्ने नेताकै सल्लाहमा विवरण जिल्लामा नपठाएर नुवाकोट कांगे्रस कार्यकर्तामाथि षड्यन्त्र गरेको आरोप लगाइएको छ ।जिल्ला सभापति केसीले क्षेत्र नम्बर १ र ३ का सिफरिस नरोक्न र सदस्यता स्वीकृत गर्न केन्द्रीय समितिलाई अपिल गरिसकेका छन् । उनले क्षेत्र नम्बर २ को सदस्य नामावली नआए सम्पूर्ण दोष नामावली नपठाउने क्षेत्रीय कार्य समिति तथा सल्लाह दिने नेतृत्वले लिनु पर्ने उल्लेख गरेका छन् । केसीले महतलाई लक्षित गर्दै घुमाउरो भाषामा दोष थुपार्न खोजेका छन् । 
 
यसअघि पनि केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी र रामशरण महतबीचको तिक्तता सार्वजनिक हुँदै आएको छ । जिल्ला सभापति केसीले क्षेत्र नम्बर २ बाट क्रियाशील सदस्यताको नामावली नआए पेलेरै भएपनि १ र ३ को सदस्यता नामावलीकै आधारमा जिल्ला अधिवेशन गर्ने चुनौती दिएका छन् । कांग्रेसभित्रको सदस्यता विवादले जिल्ला अधिवेशन गर्न अन्योल बढेको छ । केन्द्रमा समेत अधिकाशं केन्द्रीय सदस्यहरुले सदस्यता छानविन समितिको प्रतिवेदन पुनरावलोकन गर्न दबाब दिएपछि विवाद टुंगो लगाउने जिम्मा नरहरि आचार्य संयोजक रहेको छानविन समितिलाई दिइएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ