काठमाडौँ । सिन्धुलीमा अवैध बन्दुकसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दूधौली नगरपालिका-१४ गायोटारबाट प्रहरीले तीन अवैध भरुवा बन्दुकसहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मंगलबार राति इलाका प्रहरी कार्यालय डकाहाको प्रहरी टोलीले खानतलासीका क्रममा स्थानीय ५३ वर्षीय कुलबहादुर सुनुवार, ५० वर्षीय धनबहादुर सुनुवार र ४२ वर्षीय मङ्गलबहादुर सुनुवारलाई घर नजिक लुकाइछिपाई राखिएका तीन थान अवैध भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो ।
बरामद हतियारसहित ती तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय डाहाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।