arrow

फरार कैदी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
pakrau9.jpg

काठमाडौँ । गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जगन्नाथदेवाल कारागार कार्यालय काठमाडौँबाट फरार भएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १६ का २९ वर्षीय नीरज तामाङ छन् ।

उनलाई चाँगुनारायण नगरपालिका वडा नं ६ बेशीटोलबाट पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए । 

तामाङ जबर्जस्ती करणी मुद्दाको कैद भुक्तान गरिरहेका थिए । पक्राउ परेका तामाङलाई जगन्नाथदेवाल कारागार काठमाडौँ पठाएको डीएसपी जबेगुले जानकारी दिए ।

यता, जिल्ला प्रहरी परिषर भक्तपुरले बेवारिसे अवस्थामा रहेको विभिन्न हतियारको गोली फेला पारेको छ ।

प्रहरीले मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित मनोहरा किनारामा रहेको सुकुम्बासी बस्तीको सडक छेउमा बेवारिसे अवस्थामा ३०३ राईफलको पाँच राउण्ड गोली र एसएलआर गनको दुई राउण्डको गोली फेला पारेको डीएसपी जबेगुले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ