arrow

नेकपा एस उपाध्यक्ष खड्काको अल्पायुमै निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
deepak-kh.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) रुकुमपश्चिमका जिल्ला उपाध्यक्ष दिपकराज खड्काको ४७ वर्षको उमेरमा निधन भएको छ। मुटु रोगबाट पीडित खड्काको बुधबार बेलुका काठमाडौँस्थित गंगालाल हृदयरोग निवारण केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो।

पार्टीको मुसीकोट नगर कमिटीको अध्यक्षको समेत जिम्मेवारीमा रहेका जिल्ला उपाध्यक्षको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको नेकपा (एकीकृत समाजवादी) रुकुमपश्चिमका प्रचार विभाग प्रमुख अमरराज पुनले बताएका छन्। उनले राजनैतिक सहकार्य र आत्मीयताका हस्तीको निधनले पार्टीको भावी योजनामा ठेस लागेको उल्लेख गरेका छन्।

मुसीकोट नगरपालिका ४ सोलाबाङ निवासी खड्का जिल्ला अस्पताल विकास समिति रुकुमपश्चिमको सदस्य समेत थिए। अस्पताल विकास समितिका अध्यक्ष टेक कुसारीले खड्का अत्यन्त सरल स्वभावको, सामाजिक सेवा भावबाट प्रेरित र समाज रूपान्तरणका लागि सकारात्मक सोच राख्ने सामाजिक अगुवा भएको बताउँदै उनको निधनले एक असल सामाजिक योद्धा गुमाउन पुगेको उल्लेख गरे।

मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसीले पनि खड्काको निधनले असल व्यक्तित्व गुमाउन पुगेको बताउँदै समाजका लागि उनको योगदान उच्च प्रशंसनीय रहेको जनाएका छन्। मृतक खड्का रुकुमका एक असल पर्यटनकर्मी, व्यवसायी तथा विभिन्न सामाजिक सङ्घसंस्थाहरूमा समेत आवद्ध थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ