तस्बिर – काठमाडौँको कमलपोखरीमा छठ घाट निर्माण गरिँदै, रासस ।
काठमाडौँ । तिहार पर्वको समापनसँगै तराई मधेससहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको धमाधम तयारी शुरू भएको छ ।
मिथिलाको प्रमुख पर्वको रुपमा मानिने छठका लागि पोखरी, नदी, तलाउमा तयारी शुरू भएको छ । तराई र मधेसमा त तयारी भएकै छ काठमाडौँमासमेत तयारी भइरहेको छ ।
काठमाडौँको कमलपोखरीमा छठ पर्व नजिकिएसँगै छठ घाट निर्माण भइरहेको छ । त्यसैगरी रानीपोखरी, गुहेश्वरी, बागमती, गौरीघाट लगायतका स्थानमा पनि घाट निर्माण हुँदैछ ।
सूर्य भगवान् तथा छठी माताको पूजा पानीमै गरिने भएकाले जलाशयमा सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मत भइरहेको छ ।
मिथिलाञ्चलमा छठ पर्वलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ । मिथिलावासी यस पर्वलाई धूमधामका साथ मनाउने भएकाले एक साता पहिलेदेखि तयारी शुरू गरिएको हो ।