arrow

महोत्सवमा भलिवल युवाहरुको रोजाई

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ माघ २३ आइतबार
mahotsab-ma.jpeg
स्याङ्जा।  स्याङ्जाको वालिङमा आयोजना गरिएको छैटौ वालिङ महोत्सवमा भलिवल खेल प्रतियोगिता युवाहरुको आकर्षणको केन्द्र बन्न पुग्यो । महोत्सवले युवाहरुलाई पनि समेट्नु पर्छ भन्ने उदेश्यका साथ संचालन गरिएको अन्तर गाविस तथा नगरपालिका स्तरीय भलिवल प्रतियोगिताले युवाहरुको मन तान्न सफल भएको आयोजकले बताएका छन् । 
 
स्याङ्जाका १६ गाविस र ३ नगरपालिका तथा तनहुँ जिल्लाबाट एक टिम गरी २० टिमको भलिवल प्रतियोगितामा भाग लिएका थिए । पछिल्लो समय ग्रामिण क्षेत्रमा अत्यन्तै लोकप्रिय बन्न पुगेको भलिवल प्रतियोगितामा युवाहरुको उत्साहजनक सहभागिता रहेको थियो । सबै क्षेत्रलाई समेट्ने उदेश्यले युवाहरुलाई पनि महोत्सवको अपनत्व दिनुपर्छ भन्ने मान्यता अनुरुप यो खेल प्रतियोगिता गरिएको छैटौ वालिङ महोत्सवका भलिवल प्रतियोगिता उपसमितिका संयोजक पदमराज गुरुङ्ले बताए ।
 
विशेष गरी पहाडी भुभागमा खेलमैदानको अभाव हुने भएकाले फुटवल भन्दा पनि भलिवल खेल युवाहरुको रोजाईमा पर्दै आएको छ । थोरै खर्च र सानो खेलमैदान भए पुग्ने भलिवल खेल स्याङ्जाका गाँउ गाँउमा हरेक पर्व, मेलामा प्रतियोगिताको रुपमा आयोजना गरिने भएकाले पनि युवाहरुको रोजाईमा यो खेल लोकप्रिय बन्न पुगेको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष केशभक्त गुरुङ बताउछन् । 
 
छैटौ वालिङ महोत्सवमा आयोजना गरिएको अन्तर गाविस तथा नगरपालिका स्तरीय भलिवल प्रतियोगिताको उपाधी गजरकोट तनहुँले हात पारेको छ । ७५ हजार नगद पुरस्कारको राशी रहेको भलिवल प्रतियोगितामा स्याङ्जाको विरुवाअर्चले गाविसलाई हराउदै पहिलो स्थान ओगट्न सफल भएको हो । विरुवा अर्चले गाविस दोस्रो जसले ५० हजार नगद पुरस्कार र मनकामना गाविस तेस्रो स्थानमा परेको जसको पुरस्कार राशी २५ हजार रहेको थियो । सान्त्वना पेलाकोट गाविस भएको जसले १२ हजार पुरस्कार पाएको छ । 
 
प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुले समेत भाग लिएका थिए । खेलमा उत्कृष्ट खेलाडीहरुलाई समेत सम्मान गरिएको थियो । ११ दिन सम्म चलेको छैटौ महोत्सवमा युवाहरुको अत्यन्तै आकर्षणको रुपमा हेरिएको भलिवल प्रतियोगिताले पनि महोत्सवलाई थप रौनकता दिएको छ । जसका कारण छैटौ महोत्सव पुर्ण सफलताको शिखरमा पुगेको आयोजकले दावी गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ