arrow

अब १५ दिन संसद बैठक नबस्ने

logo
प्रकाशित २०७३ माघ २३ आइतबार
samsad-bhawan.jpeg

काठमाडौं । व्यवस्थापिका संसदको बैठक अब एकै पटक फागुन १० गते मंगलबार बस्ने भएको छ । आइतबार संसदमा विभिन्न मन्त्रालयका प्रतिवेदनमाथिको छलफल सकिएपछि सभामुख ओनसरी घर्तीमगरले १५ दिन पछि मात्रै बैठक बस्ने जानकारी गराइन् ।

संसदले स्थानीय निर्वाचनका लागि आवश्यक सबै विधेयक पास गरिसकेकाले विजनेस नभएको भन्दै बैठक १५ दिन पछि मात्रै राखिएको बताइएको छ ।  

बोनस (पाँचौँ संशोधन) विधेयक अर्थ समितिमा पठाइयो
व्यवस्थापिका–संसद्ले ‘बोनस (पाँचौ संशोधन) विधेयक, २०७३ लाई दफाबार छलफलका लागि अर्थ समितिमा पठाएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको विधेयकलाई सर्वसम्मतिले दफाबार छलफलका लागि समितिमा पठाउन स्वीकृति दिएको हो ।

वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले प्रस्तुत गरेको ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण’ विधेयक, २०७३ लाई पनि सदनले पारित गरेको छ ।

सांसद प्रेम सुवालले  विधेयकले सरकारको दायित्व र लगानीलाई कम गर्दै निजी क्षेत्रलाई बढावा दिने भएकाले यसलाई फिर्ता लिन आग्रह गरे । सांसद सुवालले उठाएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले जनाएको प्रतिवद्धता र राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर नयाँ विधेयक ल्याइएको बताए ।

बैठकमा संसद्को वातावरण समितिका सभापति जनकराज चौधरीको तर्फबाट समिति सदस्य मानबहादुर विकले ‘वातावरण संरक्षण समितिको वार्षिक प्रतिवेदन, २०७२–२०७३ लाई प्रस्तुत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ