arrow

रेशम चौधरीले जेन–जीलाई अध्यक्ष बनाएर गरे निर्वाचन आयोगमा दल दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
nagarik-unmukti-party-nepal (2).jpg

काठमाडौँ । मुलुकमा अर्को नयाँ दलले निर्वाचन आयोगमा दर्ताका निम्ति निवेदन दिएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नै पत्नी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी त्यागेर नयाँ पार्टी गठन गरी संरक्षकत्व लिएका हुन् । 

उनले २७ वर्षीय जेन–जी कविर सोबलाई नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्ष बनाएका छन् । सोबको अध्यक्षतामा ४५ संस्थापक सदस्यसहित दल दर्ताका निम्ति बिहीबार निर्वाचन आयोगमा निवेदन दिइएको हो ।

संरक्षक रेशमलाल चौधरीले नै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् । 

पार्टीको संस्थापक वरिष्ठ उपाध्यक्षमा सीके राउतको जनमत पार्टी त्यागेका अब्दुल खान बनेका छन् । खानले पार्टीभित्र परिवारवाद लादेको भन्दै गत असोज २ गते जनमत त्यागेका थिए । 

nagarik-unmukti-party-nepal (4).jpg
nagarik-unmukti-party-nepal (5).jpg
nagarik-unmukti-party-nepal (6).jpg
nagarik-unmukti-party-nepal (1).jpg
nagarik-unmukti-party-nepal (2).jpg
nagarik-unmukti-party-nepal (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ