arrow

राष्ट्रव्यापी भिटामिन ए तथा जुकाको औषधि अभियान आज र भोलि सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
vitamina-jukako-aausadhi-81.jpg

काठमाडौँ। "भिटामिन ए खुवाऔँ, बाल मृत्युदर घटाऔँ" भन्ने मूल नाराका साथ सरकारले आज (बिहीबार) र भोलि (शुक्रबार, कात्तिक २० र २१ गते) राष्ट्रिय भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान देशभर सञ्चालन गरेको छ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरूलाई सो क्याप्सुल खुवाइने ललितपुर महानगरपालिका वडा नम्बर १५ कि नगर स्वास्थ्य केन्द्र प्रमुख संगीता मिश्रले बताउनुभयो। उहाँले अभिभावकहरूलाई तोकिएको दिनमा आफ्ना बालबालिकाहरूलाई नछुटाई भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गर्नुभएको छ, किनकि यो कार्यक्रम वर्षमा दुई पटक मात्र सञ्चालन हुन्छ।

नेपालमा यो कार्यक्रम सामान्यतया हरेक वर्ष कात्तिक २ र ३ गते तथा वैशाख ६ र ७ गते सञ्चालन हुँदै आएको छ। तर, यस वर्ष तिहार परेकाले कात्तिकको कार्यक्रमको मिति सारेर कात्तिक २० र २१ गते का लागि तय गरिएको प्रमुख मिश्रले स्पष्ट पारेकी छिन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, यस अभियानमा सरकारले ५ वर्ष मुनिका २८ लाख बालबालिकालाई भिटामिन ए र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ। यस अभियानलाई सफल बनाउन ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको मन्त्रालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ