काठमाडौं । अन्टारटिकाको अग्लो शिखर तथा अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजम्यान आरोहण गरेका विश्व पर्वतारोही संजय पण्डितलाई मंगलबार आइ एम एस ग्रुपले १ लाख सहित ताम्र पत्र प्रदान गरेको छ |
संजयलाई ग्रुपका अध्यक्ष दिपक मलहोत्राले उक्त रकम बराबर चेक तथा ताम्र पत्र द्वारा सम्मान गरेका थिए | संजयले सगरमाथा, मनास्लु सहित विश्वका १० शिखरहरुको सफलता पुर्बक आरोहण गरेका छन् | पण्डितले अफ्रीकाको शिखर किलिमन्जारो र अस्ट्रेलिया को शिखर कोजीयसको उल्टो हिडेर आरोहण गरेका थिए | पण्डित उल्टो हिडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो विश्व पर्वतारोही हुन् |
काठमाडौँको दरबारमार्गमा आयोजित कार्यक्रममा अध्यक्ष मलहोत्राले नेपाललाई आरोहणको माध्यमबाट अन्तरास्ट्रिय क्षत्रमा चिनाउन अहम भूमिका खेलेको हुनाले उनको साहसलाई उच्च मुल्याकन गर्दै आइ एम एस ग्रुपले सम्मान गरेको बताए |